उपत्यकामा निषेधाज्ञा खुकुलो, यातायातमा जोर-विजोर लागू

  • प्रकाशित मिति : September 9, 2020
  • Radio Sajha

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ।

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ।

सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो।

भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने उक्त आदेशानुसार उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।